अर्थ

न्यूयोर्क फेडद्वारा वित्तीय बजारमा दैनिक एक खर्ब ५० अर्ब प्रवाह गर्ने 

एएफपी।कोरोनाभाइरसको महामारीको बीचमा एक सुरक्षात्मक कदमको रूपमा दैनिक बजारमा नगदको प्रवाहलाई ५० अर्बबाट १५० अर्ब अमेरिकी डलर बनाउने अमेरिकी फेडरल रिजर्व बैंकको न्यूयोर्क शाखाले सोमबार घोषणा गरेको छ ।

न्यु योर्क फेडले एक विज्ञप्तिमा भनेको छ, “कोरोनाभाइरस समस्याका कारण विश्व अर्थतन्त्र प्रभावित बनिरहेको अवस्थामा अमेरिकी केन्द्रीय बैंकले व्यवसायिक लचिलोपन योजनालाई कार्यान्वयनमा ल्याउन लागेको छ ।”

यस कदमले दैनिक खरिद सम्झौतालाई बढाउँछ । बैंकले दुई साताका लागि ९० अर्ब अमेरिकी डलर यहाँको बजारमा प्रवाह गर्ने पुनः खरिद सम्झौतालाई गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *