काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास अभाव नहुने भन्दै लाइन नबस्न आग्रह गरेका छन् ।
भट्टले शुक्रबार पत्रकार सम्मेलनमा काेराेना भाइरसकाे त्रास बढेसँगै अति आत्यावश्यक बस्तुकाे अभाव हुने हल्लाका पछाडी नलाग्न सबैलाई आग्रह गरेका हुन् । उनले उपभाेत्ताकाे सेवासुविधालाई ध्यानमा राखेर फोन गर्नेवित्तिकै ग्यास पाउने गरी हटलाइन टेलिफोनको व्यवस्था गर्ने बताए । आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा छिटै हटलाइन टेलिफोन व्यवस्था गर्ने मन्त्री भट्टले बताए । उनले घरमा थप सिलिण्डर राख्नुनपर्ने पनि बताए । नेपालमा अहिले सबै उपभोग्य वस्तुको आपूर्ति सामान्य रहेको पनि मन्त्री भट्टले बताए ।




