अर्थ

सेञ्चुरी बैंकका ग्रहाकलाई होटल अथितिमा १० प्रतिशत छुट

काठमाडौं।सेञ्चुरी कमर्सियल बैंक र होटल अथितिबीच सम्झौक्ता भएको छ । सेञ्चुरी कमर्सियल बैक कोहलपुर र मेडीकल कलेज लाइन रहेको होटल अथितिबीच विभिन्न सेवा सुविधामा छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड होल्डर ग्राहकहरुलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरेको जनाएको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड होल्डर ग्राहकहरुले होटलको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका बासगढी शाखा प्रबन्धक प्रदीप खरेल र होटल अथितिका प्रबन्ध निर्देशाााकनर बहादुर ओलीलेहस्ताक्षर गर्नुभएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *