अर्थ

सेञ्चुरी बैंकको स्वतन्त्र संचालकमा प्रा.डा.गीता प्रधान नियुक्त

काठमाडौं।सेञ्चुरी कमर्सियल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. गीता प्रधान नियुक्त भएकी छन् । प्रधानलाई बैकको २०७६ फाल्गुन ०६ मा बसेको सञ्चालक समितिको ३०५ औं बैठकले स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *