अर्थ

सेन्चुरी वैंकका ग्रहाकलाई होटल सामनामा १५ र सुर्यान्समा २० प्रतिशत छुट

काठमाडौं।सेञ्चुरी कमर्सियल बैंक र मकवानपुरका दुई होटल होटल सामना, सुर्यान्सबीच सेवा सुविधा छुटसम्वन्धी सम्झौक्ता भएको छ । सेन्चुरी वैकका ग्रहाकलाई हेटौेडा स्थित होटेल सामनाप्रा.लि.तथा हेटेल सुर्यान्स प्रा.लिमा विभिन्न सेवा सुविधामा छुट दिइने सम्झौता भएको हो ।
बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदानगर्ने गरी सम्झौता गरेको जनाएको छ । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड होल्डर ग्राहकहरुले होटेल सामनाको सेवासुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने होटेल सुर्यान्सको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
होटेल सामनाप्रा.लि. संगको सम्झौता पत्रमा बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका प्रबन्ध निर्देशक सुरज आचार्यले हस्ताक्षर गरेका थिए । साथै, होटेल सुर्यान्स प्रालिसंगको सम्झौता पत्रमा बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका अपरेशन प्रबन्धक नकुल गिरिले हस्ताक्षर गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *