ताजा समाचार

निगमले फागुन १९ देखि जापानको नारिता उडान भर्ने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी फागुन १९ गते ९२ मार्च २०२०० देखि जापानको नारितामा सिधा उडान भर्ने भएको छ । निगमको एयरबस वाइड बडी जहाजमार्फत नारितामा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार सिधा उडान प्रारम्भ गर्ने निगमले आज विज्ञप्तिमार्फत जनाएको छ ।

निगमको जहाज बिहान १ः२५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि उडान गरिने र सोही दिन अपरान्ह् ६ः२५ बजे काठमाडौंमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ । हालका लागि प्रवद्र्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी रु ३७ हजार र दुईतर्फी भाडा रु ७३ हजार निर्धारण गरिएको छ । यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५÷२५ किलोका दुई ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३÷२३ किलोका दुई ब्यागेजको सुविधा पाउने छन् ।

नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले ट्रान्जिटको झन्झट समाप्त हुनेछ । नारिता उडानका लागि यात्रुको उत्साहवद्रधक बुकिङ भइरहेको निगमको वाणिज्य विभागले उल्लेख गरेको छ । मुख्य पर्यटकीय मौसम भएकाले पनि यात्रुको आवतजावत राम्रै हुने निगमको अपेक्षा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *