अर्थ

लोकतान्त्रिक व्यवसायी फोरममा ढकाल विजयी  

काठमाडौँ।नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा नरेन्द्रप्रसाद ढकाल विजयी भएका छन । शुक्रबार राति भएको निर्वाचनमा उहाँ १०३ मत ल्याई विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी ऋषिप्रसाद शर्माले ४४, भुवनसिंह गुरुङले ५६ र सीतादेवी देवकोटाले ३८ मत ल्याएका थिए।

यसैगरी वरिष्ठ उपाध्यक्षमा तारानाथ अर्याल विजयी भएका छन । उपाध्यक्षमा जनक खड्का, महासचिवमा भवानी निरौला, सचिवमा कमल काफ्ले र कोषाध्यक्षमा कृष्णकुमार जैशी निर्वाचित भएका छन । फोरमको सहकोषाध्यक्षमा यसअघिनै अमिर बाँस्तोला निर्विरोध निर्वाचित भएका थिए ।

यसैगरी फोरमको सदस्यमा ईश्वर सापकोटा, नारायण भुसाल, तोरणकुमार कार्की, चन्द्रबहादुर लिम्बू, सेतेलाल पौडेल, नरेन्द्रमणि पराजुली, बिक्रम श्रेष्ठ, नगेन्द्रप्रसाद पोखरेल, राजेश गौतम र राजेश यादव निर्विरोध निर्वाचित भएकाे निर्वाचन समितिले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *