काठमाडौं।अहिले सार्वजनिक र व्यक्तिको सम्पत्ति हडप्ने क्रम बढेको छ । पछिल्ला दिनमा शक्ता र शक्तिका अडामा शहरीदेखि ग्रामिण क्षेत्रसम्म त्यस्ता क्रियाकलावले स्थान पाएको छ । काठमाडौंमा त यस्ता गतिविधि झनै मौलाएका छन ।
काठमाडौको व्यस्त सहर ठमेल नेपालको युरोप मानिन्छ । त्यहाँ घरजग्गाको मूल्य प्रतिदिन अकाशिने क्रम जारी छ । घरभाडाको लोभमा सीमाना मिच्ने र नक्सामा नभएका बाटो आफ्नो कब्जामा लिनेको संख्या पनि बढ्दै गएको छ ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ मा एक घरधनीले बाटामा सटर हालेर व्यापारिक प्रयोजनका लागि भाडामा लगाएको पाइएको छ । महानगरपालिकाले नक्सामा बाटो कायम गरेको जग्गा मिचेर व्यापारिक प्रयोजनका लागि भाडामा दिएको खुलेको हो। त्यो पनि एक तलामात्र होइन पाचौ तलाकै बाटो आफ्नो नियन्त्रणमा लिएर व्यपारिक प्रयोजनमा दिएका छन् ।

ठमेलमा तीन आना जग्गा कनेर सञ्चकुमारी बुढाथोकी र तीर्थमायाँ मानन्धरले आधा आधा जग्गा पास गरेको थिए । उनीहरुले बीचमा प्यासेज राखेर घर बनाए । दुवै जनाले तीन/तीन फिट छोडेर बीचमा प्यासेज राख्ने गरि काठमाडौं महानगरबाट ६ फिटको प्यासेज(बाटो) पाचौं तलासम्म नक्सा मै कायम गरेर घर बनाए । तर, सुरुमै घर बनाउदै सञ्चकुमारीको चार इन्च जग्गा तीर्थमायँले मिचिसकेकी थिइन । तीर्थमायले त्यतिमा मात्र चित्त बुझाइनन् । अहिले तीर्थमायाँले नक्सामा कायम भएको छ फिटमध्ये तीन फिट बाटोमा पाचै तलसम्म वाल लगाएर भाडामा समेत लगाएकी छन् । उनले ग्राउण्ड फ्लोर भारतीय नागरिक अब्दुल रसिद्र र मनिर खानलाई भाडामा दिएकी छन् । त्यो सटर सात महिना अघि आफूहरुले भाडामा लिएपनि अझै निर्माण कै चरणमा रहेको उनीहरु बताउँछन् । आफूहरुलाई समेत घरबेटीले फसाएको भन्दै उनीहरु घरबेटीसंग क्षतिपूर्ति खोज्ने तरखरमा लागेको बताउछन् ।

२६ वर्ष अघि बनेको घर नक्सा विपरित छिमेकीको सहमति समेत नलिई बाटो कब्जा गरेर व्यपारिक कार्यमा लगाएको पीडित पक्षको आरोप छ । त्यतिमात्र होइन तीर्थमायाले नक्सामा कायम भएको बाटो पर्खाले घेरेर आफ्नो नियन्त्रणमा लिई विपरित साईडबाट प्यासेज निकालेकी छिन् । जुन प्यासेज महानगरमा पास भएको नक्सा विपरित छ ।
पीडित पक्षका सञ्चकुमारीका छोरा देबी बहादुर बुढाथोकी कानूनी उपचार खोज्न वडा कार्यालय र नगरपालिका धाएको करिव वर्षदिन पुग्न लाग्यो । वडा कार्यालयमा अतिक्रमित पर्खाल भत्काउने सहमति भए पनि त्यसको कार्यान्वयन नभएपछि देबी बहादुर नगरपालिकाको ढोका ढकढक्याउन पुेगेका छन् । वडामा सहमति भईसकेको विषयलाई महानगरको टोलीले निरिक्षण गरेर अल्मल्याउने काम मात्र गरेको पीडितको भनाई छ ।




