काठमाडौ।सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको भैरहवा शाखाले विद्यार्थीहरुलाई न्यानो कपडा हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओमसतिया गाउंपालिका वडा नं ३ लोहरौलिमा स्थित श्री रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा हस्तान्तरण गरेको हो ।
एक सय १० बालबालिकाहरुको लागि न्यानो कपडा बैंकका भैरहवा शाखाका शाखा प्रबन्धक बिशाल गुप्ताले विद्यालयका प्रध्यानाध्यापक विजय मणि त्रिपाठीलाई हस्तान्तरण गरेका हुन।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथाअन्य क्षेत्रमाथुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।




