अर्थ

उखु किसानका ८०–९० प्रतिशत समस्या समाधान भएको उद्योगमन्त्रीको दाबी

डडेल्धुरा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानका समस्या चाँडै समाधान गरिने बताएका छन् । डडेल्धुरामा बिहिबार आयोजित कार्यक्रमा उनले भने, “चार÷पाँच वर्ष अघिदेखिको उखु किसानका समस्या थियो, त्यो अहिले ८०–९० प्रतिशत समाधान भएको छ ।”

अनुदानको रकम हालसम्म सरकाले ७० प्रतिशत भुक्तानी गरिसकेको र केही दिनभित्र यो समस्या पनि समाधान गरिने उनले बताए । उद्योग मन्त्रालयका अनुसार ठूलो चिनी उद्योग अन्नपूर्ण चिनी उद्योगले किसानलाई रु ४० करोड भुक्तानी दिन बाँकी छ । यसैगरी लुम्बिनी चिनी उद्योगले रु १० करोड ७४ लाख र इन्दिरा चिनी उद्योगले रु ११ करोड २२ लाख भुक्तानी दिन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *