काठमाडौं।सेञ्चुरी कमर्सियल बैंकले बैंकले शाली नदीका रात्रीकालिन भक्तजनलाई मध्यनजर गरेर र्टच लाईट हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितीलाई श्रद्धालु भक्तजनहरुको रात्रीयात्रालाई सहज बनाउन दुई सय ५० थान र्टचलाईट हस्तान्तरण गरेको हो ।
बैकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले समितिका महासचिव एलपी श्रेष्ठलाई र्टचलाईट हस्तान्तरण गरेका थिए । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्दै आएको छ।




