ताजा समाचार

सुनचाँदीको मूल्य बढ्याे

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपैयाँले बढेको तथा चाँदी भने प्रतितोला ५ रुपैयाँले बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा हिजो ७४ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँले बढ्दै ७५ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुन पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर आज ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार हिजो तेजाबी सुन प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै नेपाली बजारमा चाँदीको भाउ पनि तलमाथि हुने क्रम रोकिएको छैन । हिजो ८ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज ५ रुपैयाले बढेर ८ सय ८५ रुपैयाँ कायम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *