अर्थ

सेञ्चुरी बैंकका क्रेडिट र डेबिट कार्ड होल्डर ग्राहकहरुलाई होटल डेल अन्नपुर्ण १५ प्रतिशत छुट

काठमाडौं।सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौं स्थित होटल डेल अन्नपुर्णबीच सम्झौक्ता भएको छ । सेन्चुरीका क्रेडिट र डेबिट कार्ड होल्डर ग्राहकहरुलाई होटल डेल अन्नपुर्णले विभिन्न सुविधामा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड होल्डर ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने उद्दश्यले सम्झौता गरेको बताएको छ ।
उक्त सम्झौता पत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र होटलका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले संयुक्त हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले होटल डेल अन्नपुर्णका साथै सो होटल अर्न्तगत जगतपुर लज, चितवन तथा फिशटेल लज, पोखरामा सेञ्चुरी बैंकको क्रेडिट वाडेबिट कार्डबाट महशुल भुक्तान गर्दा बेकरी तथा अन्य खाद्य र बेभरेजमा १५ प्रतिशासम्मको छुट पाउनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *