ताजा समाचार

सुन मूल्यकाे ऐतिहासिक रेकर्ड, तोलाको ७६ हजार, अहिलेसम्मकै महँगो

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । सोमबार प्रतितोलाको ७६ हजार रुपैयाँ पुगेको छ ।केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो भएको हो ।

सुन आइतबार तोलामा १ हजार रुपैयाँ बढेको थियो । सुन महँगो भएसँगै कारोबार भने घटेको व्यवसायीले बताएका छन् । सुनको मूल्य बढेसँगै कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्य निर्धारण समितिले जनाएको छ । समितीकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र अझै बढ्ने अनुमान गरिएकाले नेपालमा पनि भाउ अझै बढ्ने सम्भावना रहेको छ । अमेरिका र ईरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैयाँ कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *