अर्थ

सहकारी संस्था एकिकृत हुँदै

संखुवासभा।चैनपुर नगरपालिका स्थित पोखरीमा सिद्धपाेखरी बचत तथा ऋण सहकारी संस्था र जनजागरण बचत तथा ऋण सहकारी संस्थाले एकै साथ साधरण सभा गरी संस्था मर्ज गरी अब एउटै सस्थाबन्ने भएको छ ।
एउटै काम एउटै उद्देश्यका साथ स्थापना भएका एकै ठाउँमा रहेका सहकारी संस्थाहरु रहेकोले अबसंगठीत भएपछि आफ्ना कार्यक्रमहरु प्रभावकारी वन्ने शेयर सदस्यहरुले समेत बढी सेवा सुविधा पाउने भएकाले सरकारको नीति एवं सहकारी संस्थाको नीति निदेर्शन अनुरुप नै मर्ज गर्न लागिएको जनजागरण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक चन्द प्रसाद तामाङले बताए । यसैगरी अव संस्था मजबुद हुनका साथै प्रभावकारी सेवा प्रभा हुनेमा विश्वस्त रहेको एक शेयर सदस्य नमिता काफ्लेले बताइन ।
दुबै संस्था एक भएर अघिबढन लागेकोमा चैनपुर नगरपलिकाका नगर प्रमुख भरत कुमार खत्रीले शुभकामना दिएका थिए । संस्थाले कृर्षकहरुलाई लक्षित गरी लागानी गरिरहेकाले अब संस्थाको लगानी निकै प्रभावकारी रहेको भन्दै यसमा नगरबाट समेत थप अनुदानको व्यवस्था गर्दै लैजाने समेत नगर प्रमुख खत्रीले बताए ।
एकिकृत भएको सहकारी संस्थामध्ये जनजागरण बचत तथा ऋण सहकारी संस्थाको ५ सय ४७ शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी ३१ लाख७५ हजार ९ सय ५० रहेको छ । बचत १ करोड ३३ लाख ४८ हजार र ऋण लगानी २ करोड २० लाख २३ हजार ९ सय ३२ रहेको र वार्षिक २ करोड २५ लाख ४९ हजार ४ सय ८७ बराबरको कारोबार रहेको संस्थाको लेखा समिति संयोजक राजनकुमार राईले बताए ।
यसैगरी ६ सय १७ जना शेयर सदस्य रहेको सिद्धपोखरी बचत तथा ऋण सहकारी संस्थाको शेयर पूँजी ५ लाख ११ हजार रहेको । बचत ३२ लाख ३४ हजार ४ सय ४८ रहेको , ४० लाख २ हजार लगानी रहेको संस्थाले वार्षिक ४२ लाख १ सय ५३ बराबवरको कारोबार गरेको संस्थाका व्यवस्थापक चन्द्र बहादुर अधिकारीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *