ताजा समाचार

सुन प्रतितोला ७४ हजार पाँच सय रुपैयाँ पुग्यो , अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार सुनको आजको मूल्य अहिलेसम्मकै उच्च हो ।

बिहीबार प्रतितोलाको ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलामा हजार रुपैयाँले बढ्दै प्रतितोला ७४ हजार पाँच सय रुपैयाँ पुगेको हो । आज तेजाबी सुन प्रतितोला ७४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला ८९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले बढेर ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *