काठमाडौं । नदी करिडोर अतिक्रमण विरुद्ध काठमाडौं महानगरपालिकाले सशक्त कदम चालेको छ। कालीमाटी र कुलेश्वर क्षेत्र हुँदै बग्ने मनमती खोलामाथि अनुमति विना बनेका संरचना आज डोजर र ब्रेकर प्रयोग गरी भत्काइएका छन्।
महानगरको टोलीले स्वीकृति नभएका पक्की पुल र अन्य स्थायी संरचनामा कार्यवाही गर्दै खोलाको प्रवाह क्षेत्र फिर्ता ल्याउने अभियानलाई तीव्र बनाएको हो।
महानगरका अधिकारीका अनुसार अवैध निर्माणले नदीको प्राकृतिक बहाव अवरुद्ध गर्दै बाढी जोखिम बढाउने भएकाले यस्तो संरचना पूर्ण रूपमा हटाइनेछ।




