कला/साहित्य

सपना भुलाई सारा गीतका रचनाकारले योगेश वैद्यलाई १० पछि मात्रै भेटेका थिए

एकदिन वैद्य नातिकाजीको कोठामा पसे । उनी संगीतमा व्यस्त थिए । उनी त्यहीँ बसे । नातिकाजीको टेवलमा एउटा गीत लेखिएको कागजमा उनको आँखा पर्यो । त्यो गीत पढे । त्यसमा लेखिएको थियो,

सपना भुलाई सारा आँशु पिएर जाउ,
मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाउ

यो गीतले उनलाई एकदमै छोयो । उनले अर्को कुनै गीतको संगीतमा व्यस्त नातिकाजीलाई भने (मलाई यो गीत मनपर्‍यो नातीदाइ । म गाउँछु । नातिकाजीले पनि गीत पढे । गुनगुनाए । अलिअलि लय बनाउने प्रयास गरे । त्यस पछि नातिकाजीले योगेशलाई भोलिपल्ट आउन भने ।

अर्को दिन उनी जाँदा नातिकाजी रेकर्डिङ स्टूडियोमा थिए । नातिकाजीले उनलाई गीत तयार छ, रिहर्सल गर्न भने । उनले पनि आठ दस पटक अभ्यास गरे । चार पाँच घण्टामा यो गीत बज्नलाई तयार थियो । उनले अन्तर्वार्तामा भनेका थिए (योे गीत मैले एकदमै चाँडै रेकर्ड गरेको गीत हो ।

कुनै कुनै गीत त मैले महिनौ अभ्यास गरेको छु । म गीत कन्ठस्थ पार्थें । सायद त्यसैले म गीतमा डुबेर त्यसको सारा भाव आवाजमा भर्न खोज्थेँ । यो गीत लेखेका थिए शिव अधिकारीले । तर गीत गाउने बेलामा गीतकारको नाम कागजमा थिएन । धेरै पछि मात्रै गीतकारको नाम थाहा पाइयो । योगेशले आफ्नो अति चर्चित गीतका गीतकारलाई धेरै पछि मात्रै भेट्ने मौका पाएका थिए ।

गायक योगेश वैद्यका १० कुरा

१. २०१४ सालताका चिनियाँ प्रधानमन्त्री चाउ एन लाई नेपाल आउँदा युग कवि सिद्धिचरण श्रेष्ठले लेखेको गीत सुनाए पछि उनको चर्चा सुरु भएको थियो ।
२. भाषिक आन्दोलन चलिरहेको समयमा वैद्यलाई गणेशमान सिंह, सिद्धिचरण श्रेष्ठ लगायतको साथ थियो।
३. २०२५ सालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा ुकति प्यासी छ जिन्दगीु गीत गाएपछि उनी अझै चर्चित भए।
४. त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर थिए वैद्य।
५. वैद्यले तीन दशकभन्दा बढी सहसचिव स्तरको प्राविधिक सरकारी सेवामा रहेर काम गरे। जागिरे जीवनमा पनि गायन छाडेनन् ।
६. वैद्यले मवीवि शाहले लेखेको नेपाल मेरो तिमीलाई उपहार भोु गीत २०२७ सालमा रेकर्ड गराएक थिए ।
७.सपना भुलाइ साराु उनले २०४२सालमा रेकर्ड गराएका उनले रचनाकार शिव अधिकारी हुन् भन्ने थाहा थिएन। पछि बल्ल थाहा भयो।
८ .बैद्यको मूल थाँतथलो पशुपति जयवागेश्वरी हो । पछि नरदेवी पुगे । बाल्यकाल नरदेवीमै बित्यो ।उनि भन्ने गर्थे ूम आज पनि नरदेवीकै घरको सपना देख्छु । जबकी ४० वर्ष टेकुमा बित्यो। मनमष्तिष्कमा नरदेवी नै छ ।”
९. रेडियो नेपालमा २०२२ सालमा स्वर परीक्षा पास भए गायन यात्रा प्रारम्भ भएको थियो।
१०. सपना भुलाई साराको गीत रेकर्ड हुँदा उनले गीतकार नै चिनेका थिएनन् , त्यसको आफ्नै एउटा कथा थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *