काठमाडौं । माओवादी रहुन्जेल दुर्गा एमालेलगायत अन्य जो कोहीलाई मुख छाड्थे । माओवादी दङ्ग परेर सुन्थ्यो । जसलाई जति अमर्यादा गरे पनि त्यसो गर्नु हुँदैन, राजनीतिक रूपमा प्रस्तुत हुनुपर्छ भनेर सिकाएन । अराजनीतिक बोलीलाई प्रोत्सान गरी रह्यो । दुर्गा कमरेड हाइ हाइ भनिरह्यो । एमाले र माओवादीको मिलन भयो । दुर्गाले आफ्नै घरमा प्रचण्ड रओलीलाई वार्ता गराए िमार्सी खुवाए । दुर्गा यतिसम्म भन्ने भए कि एमाले र माओवादी मैले मिलाएको हो ।
नेकपाको नेता ओली र प्रचण्ड जत्तिकै मै हुँ । नेकपा बाहेक दुर्गा सबैलाई मुख छोडन थाले । नेकपाका कार्यकर्ता दुर्गाको भजन गाउन थाले । उनलाई कुनै अनुशासन र लगाम आवश्यक भएन बरू उनले अरूलाई गरेको गाली स्वाद मान्दै नेकपाका नेताकार्यकर्ता हुटिंग गर्दै दुर्गाको जय जय कार गर्न थाले । दुर्भाग्यपूर्ण खेल भयो नेकपा फुट्यो । माओवादी र समाजवादीले नयाँ पसल चलाए ।
दुर्गा ओलीको भात भान्सा नै मन पराएर एमालेमा बसे िओलीको भक्त बने । भजन गाए । धूप हाले अनि प्रचण्ड र माधवको हुर्मत लिन लागे । एमालेले भुइँमा राखेन काँध चढाएर दुर्गालाई अरू पार्टी र सार्वजनिक व्यक्तित्वको हुर्मत काढ्न बोकी रह्यो िएमालेको ओली पछिको नेता झैं सम्मान दियो ितर मेची कोसीमा धेरै पानी बग्यो ।
दुर्गा त्यहाँ पनि टिक्न सकेनन् र अहिले राजा हिन्दु धर्म पुनर्स्थापाना र जनताको गरिबी मोचनको नारा दिएर ओलीलाई सक्तो सराप्दै हिँडेका छन् । ओलीका कार्यकर्ता दुर्गालाई कालो अबिर लगाउन थालीसके । दुर्गाले पनि महेश बस्नेतको गाडीलाई आफ्नो आक्रोश पोख्न भ्याए ि
दुर्गा हिजो पनि प्रयोग भए उनलाई सबैले प्रयोग गरे । आज दुर्गा सबैको आन्द्राभुँडी उधिनेर बसेका छन् । हामीले दुर्गा हिजो माओवादीमा हुँदा पनि गलत भन्यौ , नेकपा हुँदा पनि गलत भन्यौ , एमाले हुँदा पनि गलत भन्यौ िर आज पनि उनी गलत छन् ।उनले उठाएका केही मुद्दा सही छन् तर समग्रमा दुर्गा आज पनि गलत छन् ।
आज दुर्गालाई ज(जसले (राजा सहितले )बोकेका छन् दुर्गाले भोलि यिनलाई पनि गर्ने यही हो जस्तो आज ओली,प्रचण्ड, माधव र शेरबहादुरलाई गरेका छन् । सही मुद्दा भए पनि गलत व्यक्तिको हातमा पर्यो भने त्यसले पार लाउन सक्दैन । दुर्गालाई नेपाल नबसे पनि पुग्छ । भोलि आफ्नो स्वार्थमा थोरै ठेस लाग्ने बित्तिकै दुर्गाले आहिले गरिरहेको आन्दोलन र अभियानलाई पनि एउटा निहुँ झिकेर बदनाम गर्छन् ।
एउटा कुरा सत्य हुनसक्छ । मेडिकल कलेज खोल भनेर यीसँग करोडौ रकम अवैध तवरले कुम्ल्याएर यिनलाई सरकार, अन्य माफिया दलाल, पार्टीका नेता र पत्रकारहरूले धोका दिएका छन् । त्यसैले दुर्गा विक्षिप्त छन् । धर्म, राजनीति राजा र गरिबीको आड लिएर उनले गर्ने धन्दा बारे पनि सोच्नु जरूरी छ ।




