काठमाडौं । नेपालमा होली पर्वमनाउने शैली परिवर्तन गर्नु आवश्यक देखिएको छ । विगतदेखि नै रङहरुको पर्व होली मनाउने शैलीमा केही फेरबदल भएको देखिएको छैन । जसका कारण कुस्कार जस्तो बनेको छ होली । फगुवा पुर्णिमाको अवसरमा नेपालमा दुई दिन तराई र पहाड गरि दुई दिन होली पर्व मनाउनका लागि सरकारले सार्वजनिक विदा नै दिएर सबै संघ संस्था , विधालय लगायत सरकारी कार्यलयहरु बन्द गरेर होली पर्व मनाउने परम्पराले सबैलाई घाटा भएको छ । व्यापार, शिक्षा, सरकारी सेवा लगायतका सुविधा लिनबाट बञ्चित मात्र भएका छैनन् नागरिक । भावि पुस्ताका लागि होली भन्ने वितिकै सबैको मनमा रङ खेल्ने त्यो पनि मान्छे नचिनिने गरि भन्ने शिक्षाको विकास भएको छ । त्यसको अन्त्य गर्नका लागि होली पर्वलाई मनाउने शैलीको परिवर्तन गर्नु निकै नै महत्वपूर्ण विषय हो ।
ऐतिहासिक रुपमा त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादला्ई मार्ने उदेश्यले ब्रह्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहीनी होलीकालाई प्रहदका साथ दन्किरहेको आगोमा पस्न लगाँउदा होलिका आँफै भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसंग जोडिएको छ , त्यसकारण शक्तिको दुररुपयोग गर्ने पापी प्रवृतिकी प्रतिक बनेकी होलीका मारिएको उपल्क्षयमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । तर रङ्गको पर्व होलीमा मानिसहरु जम्मा भएर होली खेल्ने परम्पराले गर्दा मानिसहरुले छिनभरमा अनावश्यक रुपमा धेरै खर्च हुने गरेको् छ ।
त्यतीमात्र नभएर होलीपर्वका अवसरमा हरेक किसिमका अपराधहरु पनि घट्ने गरेका छन् । सो क्रम्मा सयौँमात्रमा सुरक्षाका लागि सुरक्षाकर्मीहरु पनि खटाउने गरिन्छ । यदि होली पर्वलाई संस्कार र मौलिकता जोगाउनकै लागि सार्वजनिक विदा दिएर मनाउने गर्दै जाने हो भने नेपाली सभ्य संस्कृतिको विकास हुन सक्दैन ।
हरेक पर्वलाइृ सभ्याताको विकास गदै सभ्य शैलीको विकासका लागि नेपाल सरकारले स्मरण गर्दै केही नियमहरु परिवर्तन गर्नु आवश्यक देखिन्छ । होलीको अवसरमा सार्वजनिक विदाको आवश्यक पर्दैन । होली मनाउनै शैली परिर्वनका लागि नियमित रुपमा विदा नदिकन सरकारी संघ संस्थाहरु संचालन गर्दै सोही अवसरमा एक धर्का रङ निधारमा लगाउने शैलीको विकास गर्न सकेमा संस्कारको पनि विकास हुने र कसैलाई पनि बाधा पर्दैन । भावि पुस्ताले पनि नयाँ संस्कार र मोलिकताको विकासमा सुधार गर्दै लान्छन् । त्यतिमात्र नभएर रङ्गबाट लाग्ने रोगबाट बच्न पनि सकिन्छ ।
विगतको वर्षमा भन्दा यसपटक झन होलीको विसंगति थपिएको छ ।
काठमाडौंको लैनचौरमा गोलभेँडाको को होली खेलिएको छ । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले स्पेनमा मनाइने टोमाटो फेस्टिभल र होलीलाई एक साथ मनाउने भन्दै टोमाटो होली आयोजना गरेको थियो । नेपालमा रंग र पानी खेलेर होली मनाउँदै आएकोमा यसपालि होलीमा टोमाटो पनि थपिएको छ ।
स्पेनमा टोमाटो फेस्टिभलमा सहभागीहरुले एक अर्कालाई टमाटर फ्याँक्छन् र टमाटरमै लडिबुडी गरेर रमाइलो गर्छन् । त्यसकै नक्कल गरेर लैनचौरमा आयोजना गरिएको टोमाटो होलीमा युवा युवतीले टोमाटोमा लडिबुडी गर्दै घस्रिएर मनाएका छन् । सो एक नेपालमा विकृतिको रुपमा फैलिएको छ । खानेकुरालाई यस्तो गर्नु र त्यसलाई खेर फाल्नाले नेपालीको बुद्धिमतामा चावी लागेको छ ।
यस्ता गतिविधिहरुको अन्त्यका लागि नेपाल सरकारले समयमा नै ध्यान दिनु आवश्यक देदिन्छ । सरकारको मौलिकताका लागि होली पर्व मनाउने विषयमा नेपाल सरकार र आम नागरिकहरुले निकै ध्यानपूर्वक सोच्नुपर्ने देखिएको छ । रमाइलोकै रुपमा मनपरिढङगले होली पर्व मनाउने प्रविधिको अन्त्यका लागि र सभ्य संस्कारका लागि समाजमा भएका धार्मी, सांस्कृतिक रुपमा देखा परेका कुसंस्कारको अन्त्यका लागि सबै सचेत हुनु जरुरी देखिन्छ ।




