काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी सरुवा बढुवाको फाइल बोकेर बिचौलिया आए कारबाही गर्ने बताएका छन् । विराटनगरमा आज प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रम्मा उनले यस्तो बताएका हुन् ।
कर्मचारी सरुवाका लागि मोदिलाई ठूला नेताले पनि दबाब दिइरहेको उनले बताए । सुशासन कायम गर्न मन्त्रालयदेखि नै सुरु गरेको बताउँदै बिचौलियालाई कारबाही गर्ने उनको भनाइ छ ।




