काठमाडौँ । एमाले सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले राजनीतिक कोर्ष अघि बढाउन नसकेको बताएका छन् । पौष १० गते अपरान्हसम्म राष्ट्रपति र सभामुख पनि एमालेले नमागे पनि कांग्रेसले पहल नगर्दा एमालेको अग्रसरतामा नयाँ राजनीतिक कोर्षको सुरुवात भएको उनले बताएका हुन् । बिहीबार प्रतिनिधिसभाको सभामुखका उम्मेदवार देवराज घिमिरेको प्रस्तावको पक्षमा बोल्दै उनले पुस १० मा बदलिएको राजनीतिक कोर्ष ५ वर्षसम्म जाने उनको भनाइ छ ।।




