निर्वाचन-२०७९

के क्षेत्र नं २ काठमाण्डौको चुनावी केन्द्रबिन्दु नै हो त ?

काठमाडौं । यतिबेला मुलुकमा निर्वाचनको माहोल तातिएको छ । हरेक पार्टीका आफ्ना उम्मेदवारलाई जिताउन लागिरहेका छन भने उम्मेदवारहरु पनि आ –आफ्ना तर्फबाट सक्रिय भूमिका खेलिरहेका छन् । अब चुनाव आउन १२ दिनबाँकी छ । काठमाडौं क्षेत्र नं २ मा राप्रपाकी कुन्ती पोख्रेलको कारण चुनावी माहोल तातिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकातर्फबाट प्रतिनिधि सभा सदस्यतथा राप्रपा केन्द्रय सदस्य कुन्ती पोख्रेलले बेला बेला मादिइरहेका लोकप्रिय अभिव्यक्तिहरुले यो पटक मिडियाहरुमा स्थानपाइरहेका छन् । उनले केही समय अगाडि ‘पूर्वप्रधानमन्त्रिहरु मसँग चुुनाव लड्न आए, ठाडै हराइदिन्छु, भनेर दिएको अभिव्यक्ति तथा खेलकुद, कलाकार, लेखक साहित्यकारलाई पेन्सनको सुुविधादिन संसदमा आवाज उठाउछु भनेको हिसावले पनि चर्चामा छिन् ।

उनले दिएको धर्म संस्कृति, भाषातथा भेषभुुषालाई संरक्षण गरी नेपालको मौलिकतालाई विकास गर्ने उद्देश्यले दिएको भाषणहरु किन नहोस् यी सबै कारणले पनि उनीचर्चामा छिन् । यतिबेला आममतदाताको विचमा उनको लोकप्रियता ह्वात्तै बढेको छ ।

उता पूर्वसभामुख समेत रहेकी नेकपामा माओबादी र गठबन्धनकी साझा उम्मेदवार ओमसरी घर्ती भएको कारणले पनि काठमाडौंका अन्यको तुलनामा यो क्षेत्रले चर्चा पाएको हो । तत्कालीन संविधान सभाको चुनावको समयमा यो क्षेत्र मामाओवादीबाट झक्कुप्रसाद सुवेदीले चुनावजितेका थिए ।

उनले यो क्षेत्रमा माखोसमेत नमारेको यहाँका मानिसहरु बताउँछन् । त्यसपछि यहीं क्षेत्रबाट माधवकुुमार नेपालले चुनावजिते तर उनी झन् यो क्षेत्र माफर्केर नआएको स्थानीयको भनाइ छ । कतिपय स्थानीयले यो क्षेत्र माचुनाव लड्नेहरु प्रधानमन्त्री भए तर चुनाव जितेपछि फर्केर नआएको बताउँछन् । हरेक चुनावमा उम्मेदवारहरुले चुनतालाई विकासका ठूला–ठूला सपाना देखाए, समृद्धिको सपाना देखाए तर तिनीहरु नै ससंदमा पुगेर विदेशीको गुलाम बनेको सर्वबितितै छ ।

ससंदलाई विदेशीका एजेन्डा पास गर्ने थलो बनाइएको छ । यो पटक माओवादीको देशैभरी संगठन कम्जोर बनेको देखिएको छ । उक्त अवस्थाम झक्कुप्रसाद सुवेदीले यस क्षेत्रमा धोकादिएर जनता बिच्किएका कारण ओनसरी घर्तीलाई यस क्षेत्रमा चुनाव जित्न फलामको चिउरा साबित हुने स्थानीयको बुझाइ छ ।

पछिल्ला दिनमा माओवादी अध्यक्षको परिवार मोहका कारण पनि कतिपय स्थानमामा ओवादी उम्मेदवारहरुलाई समस्या छ भन्ने प्रकारको आँकलनहरु यहाँकाजनताले गरिरहेका छन् । पछिल्लो समय नेताहरुले आफ्नो क्षेत्र छाडेर अर्को क्षेत्रमा जान] आफ्नो क्षेत्रमा बोलेको कुरा पुरा नगर्नेे प्रवृतिको कारण पनि कतिपय समस्या पर्ने छ भने यो क्षेत्रमा पनि ओमसरि घर्तिलाई सोही प्रकारको समस्या पर्ने निश्चित जस्तै छ । यो क्षेत्रमा कुन्तीपोख्रेलको जितका लागि आधार खडा भएको भनेको नेपाली काँङग्रेस र आममतदाताले विद्रोह गरी ‘हलो’माभोट हाल्ने निश्चित भएकाले नै हो ।

उताधर्म निरपेक्षताको कट्टर पक्षधर ओनसरी माओवादी नेतृ ओनसरी घर्तीलाई हिन्दू धर्म मान्नेहरु ९० प्रतिशतले भोट दिदैनन् । अझहिन्दू धर्म र राजतन्त्रको एजेन्डाले भोटरहरु ‘हलो’को पक्षमा बढी मतजाने आँकलन पनि गरिएको छ । शखंरापुर नगरपालिकामा राप्रपा बलियो छ । कागेश्वरी मनोहरामा राप्रपाको संगठन पछिल्लो समय बलियो भएर आएको छ । काठमाडौं महानगरको ९ र ३२ माउनको पछिल्लो उपस्थित मजबुत रहको बताइन्छ । स्वयम कुन्ती पोख्रेलको व्यक्तित्व तथा उनी सफल उद्यमी भएका कारणले पनि यो पटक उनले चुनावजित्ने सम्भावना प्रवल रहेको नेता कार्यकर्ता तथा उमेद्पारहरु बताउँछनु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *