कर्पोरेट

सिनर्जी पावरको हकप्रद आजदेखि बिक्री खुला

काठमाडाैं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सेयरधनीहरुका लागि आज भदौ ३ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गरेकाे छ ।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनी गत साउन १२ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत साउन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन्। कम्पनीको हकप्रद सेयरमा सेयरधनीहरुले भदाै ३ देखि भदौ २४ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीकाे हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

सेयरधनीहरुले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन खरिद आवेदन दिन सकिनेछ। हकप्रद सेयर बिक्रीपछि सिनर्जी पावरको चुक्तापुँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ पुग्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *