काठमाडौं । बैंक तथा वित्तीय संस्थाले पछिल्लो ६ महिनामा बाग्मती प्रदेशको कृषि क्षेत्रमा ९० अर्ब ३४ करोड लगानी गरेका छन् ।
राष्ट्र बैंकका अनुसार बाग्मती प्रदेशमा कृषि क्षेत्रमा प्रवाहित कर्जामा पनि सबैभन्दा धेरै काठमाडौंमा रहेको देखिएको छ । कूल कर्जाको ४३ दशमलव २ प्रतिशत रकम काठमाडौंमा लगानी गरेको देखिएको छ ।
चितवनमा ३१ दशमलव ९ प्रतिशत, मकवानपुर जिल्लामा ५ प्रतिशत, काभ्रेमा ४ दशमलव ६ प्रतिशत र धादिङमा ३ दशमलव ५ प्रतिशत लगानी रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
त्यसतै नुवाकोटमा ३ दशमलव २ प्रतिशत, ललितपुरमा २ दशमलव ६ प्रतिशत, भक्तपुरमा १ दशमलव ९ प्रतिशत, सिन्धुलीमा १ दशमलव ५ प्रतिशत, सिन्धुपाल्चोकमा १ दशमलव ०५ प्रतिशत, दोलखामा ० दशमलव ६ प्रतिशत, रामेछापमा ० दशमलव ५ प्रतिशत र रसुवामा सबैभन्दा कम ० दशमलव ४ प्रतिशत लगानी रहेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार बाग्मती प्रदेशमा बैक तथा वित्तिय संस्थाले गरेको कूल कर्जा प्रवाहमध्ये ४ दशमलव ३४ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको छ ।




